सुर्खेतको पञ्चपुरीमा सर्पको टोकाइबाट शनिबार एक बालिकाको मृत्यु भएको छ।
पञ्चपुरी नगरपालिका–४, बरैचेकी ८ वर्षीया लक्ष्मी शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनलाई शनिबार बिहान सर्पले टोकेको थियो। लक्ष्मीलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।
यसवर्ष मात्रै सुर्खेतको पश्चिममा सर्पको टोकाइबाट दुई जनाको मृत्यु भएको छ। गएको साउन २२ गते पनि पञ्चपुरी–१० की १४ वर्षीया हरिकला उपाध्ययको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।







