खानेपानी मन्त्री बिना मगरले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलार्इ भेटेकी छन् ।
मन्त्री र सांसदहरूको टोली शनिबार भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घरमा पुगेको थियो । आमा दुर्गा पन्तले गहभरी आँशु पार्दै छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन् ।
त्यसक्रममा मन्त्री मगर पनि भावुक बनिन् । मन्त्री र सांसदहरूको टोलीले सबै मिलेर हत्यारालाई कारवाहीको दायरामा ल्याउने बचन दिएको छ ।
निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको बताउँदै नेकपाकी नेतृ समेत रहेकी मन्त्री मगरले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको उनले बताइन्
https://www.youtube.com/watch?v=Hz_MwMnzdGY







