नवलपरासीको सुस्ता गाउपालिका-५  सुस्तामा भारतीयहरुले सिमाना अतिक्रमण गरेर बाटो निर्माण गरेपछि नेपालका सशस्त्र प्रहरीका जवानहरूले भारतीय प्रहरीकाे सशक्त प्रतिकार गरेका छन् ।

भारतबाट आउने-जाने बाटो बन्द गरेर नेपालीहरुलाई दुख दिएपछि नेपाली भु-भागमा भारतले जबरजस्ती बाटो बनाउने काम जारी राखेको भन्दै सशस्त्र प्रहरीका एक अधिकृतले भारतीय सीमा सुरक्षाबलका अधिकृतहरूसँग सीमावर्ती क्षेत्रमै पुगेर नेपाली जवानहरूले बहादुरीकाे परिचय दिएका छन् ।

नेपाली सुरक्षाकर्मीहरूले दिएकाे याे बहादुरीले  भारतीय सुरक्षाकर्मीहरू पछि हट्न बाध्य भए । नेताहरु भारतका शासकहरूसँग बाेल्न समेत डराइरहँदा नेपालका सुरक्षाकर्मीहरूले अाफ्नाे असली नेपालीपन देखाएका छन् ।

सीमावर्ती क्षेत्र सुस्तामा नेपालका सशस्त्र प्रहरीका एक अधिकृत र भारतीय प्रहरीबीच झण्डै १५ मिनेट लामाे सवाल जबाफकाे भिडियाे खिचिएकाे छ ।  नेपालका सुरक्षााकर्मीहरूले भारतीय सुरक्षाकर्मीहरूकाे डटेर प्रतिकार गरेपछि सामाजिक संजाल फेसबुकमा नेपाली सुरक्षाकर्मीकाे खुलेर प्रशंसा भइरहेकाे छ ।

एक फेसबुककर्ता नेपालीले अाफ्नाे स्टाटसमा लेखेका छन्, ‘अब देशको सिमाना बचाऊनको निमित्त यसरी नेपाली र राष्ट्रका सपुतहरु पछि हट्नु हुँदैन । यी सीमा रक्षार्थ सुस्तावासी र नेपाल शषस्त्र प्रहरी लाई सलाम छ । जति सकिन्छ यो भिडियोलाई भाइरल बनाऊ र सबैले एक एक शेयर गरौं ।’ 

हेर्नुस् भिडियाे –

https://www.facebook.com/468964370205087/videos/1780141485431661/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार