काठमाडौं, १६ भदौ । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ आज २७० औं एपिसोड हो । आजको यस एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । आजको यस विशेष एपिसोडमा जेनस अस्पतालले बन्दी बनाएर राखेका सुरज विकको उद्धारको विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ । साथै, नयाँ बजार मल्टी भेन्यु नामको पार्टी प्यालेसले आफ्नो करिब ३ सय जना पाहुनालाई सडेको मासु खुवाएको विषयमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।
आजको एपिसोडमा प्रस्तुत गरिएको रिपोर्टहरु निम्नानुसार छन्ः
१. जेनस अस्पतालले बन्दी बनाएर राखेका सुरज विकको उद्धार, उद्धार भएपछि देखिए खुसी
बुटवल, १६ भदौ । गएको कार्यक्रममा उपचार खर्च तिर्न नसकेपछि डेढ बर्षदेखि बुटवल स्थित जेनस अस्पताल एण्ड रिसर्च सेन्टरले बन्दी बनाएर राखेका सुरज विकका बिषयमा देखायौ ।
हामीले किन यसरी बन्दी बनाएको भनि अस्पताल प्रशासन प्रमुख डाक्टर शारदा सिंहसँग लाईभ कुरा पनि ग¥यौ । उनले विकको उपचार खर्च भक्तानी नहुँदासम्म डिस्चार्ज नगर्ने अडान राखेकी थिइन । उल्टो डा सिंहले विकले पैसा नतिरेमा आफुहरुले जे पनि गर्न सक्ने भन्दै उन्को खुन पनि गर्न धम्की दिईन् ।
२. पार्टी प्यालेसले करिब ३ सय पाहुनालाई सडेको मासु खुवाएपछि….
काठमाडौं, १६ भदौ । शनिबार काठमाडौं सोह्रखुट्टे स्थित स्थापित योजना बहुउदेश्य सहकारीले सोही स्थानको नयाँ बजार मल्टी भेन्यु नामको पार्टी प्यालेसमा भोजसहितको कार्यक्रम आयोजना गरेको थियो ।
सहकारीको कार्यक्रममा उपस्थीत करिब ३ सय पाहुनाले जब खाना खान थाले सबैले कुहिएकोे मासुको गन्ध चाल पाए । र उनिहरुले खाएको मासु त कुहिएको पो रहेछ । १ सय जनाले खाइरहेको यो मासु कुहिएको छ ।
३. किन बढ्दैछ बलात्कारका घटना ? ६० प्रतिशत १५ वर्ष मुनिका बालिका बलात्कृत
काठमाडौं, १६ भदौ । बलात्कारका घटनाले अहिले समाज आक्रन्त बनेको छ । दिनप्रति दिन बालिका देखि वृद्ध महिलासम्म बलात्कार तथा बलत्कार पछि हत्याको शिकार बनिरहेका छन् ।
कञ्चनपुरमा साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यार अझै पत्ता लगाउन सकेको छैन । घटनाको अनुसन्धानमा प्रहरी प्रसासनको लापरवाही देखिएपछि गृहमन्त्रलायले छानविन समिति गठन मात्रै गरेन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सरुवा गरि प्रहरी प्रमुखलाई निलम्वित समेत ग¥यो ।
४. सुस्तामा फेरी भारतीयहरुको दादागिरी सुरु
नवलपरासी, १६ भदौ । पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षले दादागिरी तरिकाले नेपाल र भारतको बिबादित ठाउँमा सडक निर्माण गरिरहेको छ । त्यति मात्र होईन विवादित भुमीमा सडक निर्माण गर्ने र नेपाली पक्षले सो कार्य रोक्न खोज्दा उल्टै सुस्ताबासीलाई दुख दिने नियतले त्यसैगरी सुस्ताको नेपाल भारत सिमानामा खाल्टो खनेको छ ।
जसले गर्दा सुस्ताबासीहरुलाई आवातजावत गर्न समस्या भएको छ । सुस्ताबासिहरुलाई सहजरूपमा हिँडडुल गर्न भारतको भुमी प्रयोग गरि नेपाल आउने बाध्यता रहेको छ ।news24nepal







