द्धन्द्धकालमा नवलपरासीबाट २० जना बेपत्ता भएकाहरूको तथ्याङ सार्वजनिक गरिएको छ । पुर्वी नवलपरासीमा १६ र पश्चिम नवलपरासीमा ४ जना गरी कुल २० जना व्यक्ति द्धन्दकालमा बेपत्ता भएकाहरूको तथ्याङ सार्वजनिक गरिएको हो ।
पूर्वी नवलपरासीको कावासोतीमा रेडक्रस सोसाइटी जिल्ला शाखा कावासोतीले आयोजना गरेको कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको थियो । सो अवसरमा बोल्ने बत्तााहरुले द्धन्दकालमा बेपत्ता पारिएका परिवारलाई राज्यले हेर्न नसकेको बेपत्ता परेका परिवारहरूले बताएका छन् ।
बोल्ने अधिकांशले राज्यले बेपत्ता परेका परिवारलाई १० लाख भन्दा बढी अन्य सुविधा दिन नसकेको बताएका छन् । आफूहरूका छोरा छोरी,श्रीमानले देशको लागि आफ्नो परिवार र आफ्नो समेत ख्याल नगरी रुष्टको लागि बेपत्ता हुँदा पनि अझै सम्म राज्यको थप सुविधा दिन नसकेको बताएका थिए ।
राज्यले बेपत्ता परेका परिवारलाई परिचय पत्र पनि दिन नसकेको बताए । उनीहरूले अहिलेको एनमा समेत बेपत्ता पारेका परिवारको बारेमा एन तयार नभएको बताए । सहिदहरूको लागि विभिन्न स्मृति तथा विभिन्न स्मरण कार्यक्रम भए पनि बेपत्ता परिवारको लागि कुनै प्रकारको प्रमाण प्रदान गर्न नसकेको प्रति गुनासो पोखेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बेपत्ता परेका परिवारहरूलाई ऐनमा समावेश गर्न नसक्नु दुखद भएको भन्दै राज्यले बेपत्ता पारेका परिवाहरुलाई सहयोग गर्न आवस्कय रहेकोमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल रेडक्रस जिल्ला शाखा कावासोतीका अध्यक्ष मदभक्त अधिकारीले बेपत्ता पारिएका परिवारको लागि रेडक्रसले सहयोगका कार्यत्ररु गर्दे आएको बताउनुभयो । उहाँले रेडक्रस सोसाइटीले हाल सम्म जिल्लामा बेपत्ता परिवारहरूको हक हितको बारेमा विभिन्न कार्य गर्दे आएको बताउनुभयो ।
कावासोतीमा आयोजना गरिएको कार्यक्रममा वर्दघाट सुस्ता पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापा लगायतको सहभागिता रहेको थियो ।news24nepalबाट







