दिल्लीको निजामुद्दिनमा उक आमाले अलच्छििनी भन्दै ७ महिनाकी छोरीलाई मारिदिएकी छन् । छोरी जन्मिएपछि परिवारमा समस्यामा परेको प्रहरी सामु ति महिलाले बयान दिएकी छन् ।ती महिलाले सुरुमा छोरीको मृत्यु पानीमा डुबेर भएको भनेकी थिइन् । तर, पोष्टमार्टममा उनको घाँटी थिचेर हत्या भएको खुलेको थियो । त्यसपछि प्रहरीले कडाइका साथ सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकार गरेको बताइएको छ ।
जामिया विश्वविद्यालयबाट अण्डर ग्रयाजुएट गरेकी अदिबाको साथबाट पुलिसले हत्या गर्न प्रयोग गरिएको सल बरामद गरेको छ । २० अगष्टका दिन साँझ ५ बजे प्रहरीलाई बालिकाको मृत्युको खबर प्राप्त भएको थियो ।अदिबाले प्रहरीलाई बताएअनुसार छोरी जन्मिएपछि नै पूरै परिवार बिरामी र आथिृक समस्यासँग जुधिरहेको थियो । त्यसपछि उनलाई लाग्यो कि बालिका अशुभ भउको ठान्दै आतमहतया गरिदिएको बताइएको छ ।osnepalबाट







