स्थानीय प्रशासनले ८ महिने शिशुको अपहरण गरी हत्या गर्नेलाई चार दिनभित्र पक्राउ गर्ने प्रतिवद्धता जनाएको छ । यससागै औरहीका स्थानीयबासीले केही दिनदेखि बन्द बजार तथा यातायात खुलाएका छन् ।
८ महिने सोनाली चौधरीको अपहरणपछि हत्या भएको थियो । सीसीटीभी फुटेजबाट आधारमा अपहरणकारीको पहिचान भएपनि अहिलेसम्म पक्राउ परेका छैनन् ।

प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्रीको उपस्थितिमा भएको वार्तामा स्थानीय प्रशासनले २० गतेभित्र अपहरणकारीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएको छ ।
स्थानीयले गरेको बजार र यातायात बन्दको आन्दोलन स्थगित गर्ने सहमति भएको छ । २० गतेसम्म अपराधी पत्ता नलागे फेरि आन्दोलन गर्ने स्थानीयको चेतावनी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार