धरान १८ बुद्धचौकमा रहेको कान्तिपुर होटलको एक कोठामा मृत अवस्थामा फेला परेकी धरान १९ की २८ बर्षीया रिता राईको रहमस्यमय मृत्यु भएपछि प्रहरीले शनिवार विहान एक युवकलाई प्रक्राउ गरी अनुसन्धान शुरु गरेको छ । शुक्रबार साझ ३ बजेको समयमा होटलमा मृत अवस्थामा फेला परेकी राईको रहस्यमय मृत्यु भएको भन्दे प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

पीडितका दाजु भुपराज राईले बहिनीको रहस्मय मृत्यु स्वभाविक नभई कसैले हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता बनाएको थियो । प्रहरीले धरान १ का रोलिस श्रेष्ठलाई प्रक्राउ गरेको हो । रोलिस र मृतक राई २० दिनदेखि सोही होटलमा कोठा लिएर बसेको बुझिएको डिएसपी तिम्सिनाले बताउनुभयो । आफूहरुबीच प्रेम सम्बन्ध रहेको र केही दिनदेखि विरामी भएकै कारण मृत्यु भएको प्रक्राउ परेका रोलिस बताएको डिएसपी तिम्सिनाले बताउनुभयो । यता युवतीका आफन्तले भने विरामी हुदा संगै बसेका रोलिस र होटल सञ्चालकले कसैलाई केही खबर नगरेकोप्रति आशंका व्यक्त गर्दै घट्ना रहस्यमय भएको भन्दै छानविन गरी कारबाही गर्न प्रहरीमा उजुरी दिएको छ ।purbelinewsबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार