समाचार को हेडलाइन अनुशारको समाचार भिडियोमा सुन्नुहोला ,भिडियो अन्तिममा छ ,यो समाचार हामिले युटूबमा राखीएको भिडियोको आधारले तयार पारेका छौ ,
कञ्चनपुर, भदौ १६ । नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ। यसअघि स्थानीय र आफन्तले दबाब दिँदा समेत प्रहरीले बम दिदीबहिनीलाई पक्राउ गर्न आनाकानी गरेको थियो। बम दिदीबहिनीबाट घटनाको रहस्य खुल्ने आशा स्थानीयले गरेका थिए। अघिल्लो शुक्रबार पक्राउ गरिएका बम दिदी बहिनीमध्ये रोशनीको सरकारी वकिल कार्यालयमा बयान भइसकेको छ भने बबिताको बाँकी छ। रोशनीले निर्मलाको हत्यामा आफूहरुको संलग्नता नरहेको र दिउँसो सबा २ बजे निर्मला आफ्नो घरबाट निस्केको बयान दिएकी छिन्। बम दिदीबहिनीको बयानबाट घटनाबारे तथ्य नखुलेमा प्रमाण धेरै नष्ट भइसकेकाले प्रहरीलाई अनुसन्धान गर्न जटिल देखिएको छ।

‘एक महिनापछिबाट अनुसन्धान गर्दा धेरै प्रमाण नष्ट भएको हुन सक्छ, घटनास्थलमा रहेका प्रमाण पानीले बगायो होला, कतिजनाले कुल्चे होलान्,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत भन्छन्, ‘सुरुको घटनास्थल देखेको भए एउटा माइन्ड सेट तयार भएर अनुसन्धानलाई साँघु(याउँदै लैजान सहज हुन्थ्यो।’ प्रमाण नष्ट हुँदा अनुसन्धान गर्न गाह्रो भए पनि दोषी पत्ता लगाउन प्रयास भइरहेको उनले बताए। ‘पुराना मिसिल पनि अध्ययन गरिरहेका छौं, पुराना मिसिलका आधारमा सुरुको घटनास्थल र प्रमाणका बारेमा बुझिनेछ,’ उनले भने।

अम्बाको बोट काटिनु शंकास्पद
निर्मलाकी साथी रोशनीको बारीमा रहेको अम्बाको बोट काटिनुमा पनि धेरैले शंका उत्पन्न गरेका छन्। निर्मलाको साइकल र किताब भेटिएको ठाउँमा प्लास्टिकको झोलामा अम्बा भेटिएका थिए। घटनाको अघिल्लो दिन ९साउन ९ गते० निर्मलाको घरमा पुगेकी रोशनीले अम्बा खान र विज्ञानको गृहकार्य गर्न भन्दै साउन १० गते आफ्नो घर बोलाएकी थिइन्।

निर्मलाको साइकल भेटिएको स्थानमै किताब, कापी र डटपेनसँग एक प्लास्टिकको झोलामा अम्बा भेटिएको बताउँदै उनका बुबा यज्ञराज पन्त भन्छन्, ‘निर्मलाको शवसँगै अम्बाका दाना भेटिनु र रोशनीको आँगनअगाडिको अम्बाको बोट काटिनुले पनि हामीलाई बम दिदीबहिनीप्रति शंका छ।’ सिजनको अम्बाको रुख नकाटिनुपर्ने उनी बताउँछन्। रोशनीको आँगनमा लटरम्म फलेको अम्बाको बोट निर्मलाको शव भेटिएको ६ दिनपछि फेदैदेखि काटिएको थियो।

रोशनीका बुबा दीपेन्द्रबहादुर बम भने सडक भएर आउजाउ गर्नेहरुले अम्बा टिप्न खोज्दा पर्खाल भत्कनसक्ने भएकाले बोट काटिएको बताउँछन्। ‘बालबालिका आउजाउ गर्दा रुखमा चढ्ने र अम्बाका दाना टिप्ने गर्थे,’ उनले भने, ‘पर्खाल पनि भत्कन थाल्यो र अम्बाको बोटबाटै बालबालिका लडे भने समस्या हुन्छ भनेरै बोट काटेको हुँ।’ उनले साउन १७ गतेका दिन अम्बाको बोट आफैंले काटेको बताए।

निर्मला हराएको दिन रोशनीकी दिदी बबिताले नराम्रो व्यवहार गर्नु र निर्मलाको शव भेटिएको ६ दिनपछि आँगनअगाडिको अम्बाको बोट काटिनुले पनि आफूमा बम दिदीबहिनीप्रति शंका उत्पन्न भएको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन्। ‘निर्मलाको साइकल भेटिएको ठाउँनजिकै अम्बाका दाना भेटिनु र त्यसको केही दिनमै अम्बाको बोट फेदैदेखि काटिनुको पछाडि रहस्य छ’, उनले भनिन्।

निर्मलाको साइकलनजिकै भेटिएका अम्बाका दाना र रोशनीको आँगनको डिलमा रहेको अम्बाको जात मिल्न सक्ने भएकाले पनि फेदैदेखि अम्बा काटिएको हुनसक्ने स्थानीयको शंका छ। निर्मलाका छिमेकी मोतीबहादुर नेपाल घटना भएकै समयमा अम्बाको बोटमा रिस पोख्नुको कुनै तुक नभएको बताउँछन्। ‘उनीहरु ९बम दिदीबहिनी० सच्चा भएको भए किन अम्बाको बोट फेदैदेखि काट्नुपथ्र्यो,’ उनले भने, ‘यस विषयमा पनि गहिरो अनुसन्धान होस्।’

केही दिनअघि नागरिकको टोली रोशनीको घरमा पुग्दा उनले निर्मलाले आफैं रुखबाट अम्बा टिपेर घर गएको बताएकी थिइन्। तर, उनी रोशनीको घरबाट कुन दिशातर्फ लागिन् त्यो भने आफूलाई थाहा नभएको उनको भनाइ थियो। ‘रोशनी कोठाबाट घर जान्छु भनेर लागेकी हो,’ उनले भनेकी थिइन्, ‘अम्बा लगेर कतातिर गएकी हो त्यो भने थाहा भएन।’ नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार