कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछुरियामा एक १४ बर्षिय बालिका छिमेकी बाटै बलात्कृत भएकी छिन् ।घर जोडिएकै छिमेकी ३३ वर्षिय हर्क कुवरले घरमा कोही नभएको मौकाछोपी भाद्र १३ गते राती करिव १० बजे तिर बालिका माथी बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख,प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिनु भएको छ ।

फरार अभियुक्तको खोजीकार्य जारी रहेको उहाले बताउनु भयो ।घटना १३ गते राती घटे पनि शुक्रवार मात्रै प्रहरी कँहा उजुरी आएकोे उहाले जानकारी दिनु भयो ।उपचारपछी वालिकाको अवस्था सामान्य वन्दै गएको छ ।कक्षा ७ मा अध्यानरत १४ बर्षिय वालिका घोडाघोडी नगरपाकिका वडा नम्वर ६ बछुरियामा बाजे सँग बस्दै आएकी थिइन् ।

post middle
बाजे पनि घरमा नभएको बेला उनको बलात्कार भएको हो ।बालिकाका आमा बुवा अछाममा बस्थै आएका थिए ।यसरी भएको थियो घटना ।पिडीत बालिकाका बुवाका अनुसार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछुरियामा जग्गा खरिदगरी बस्न थालको धेरै भएको छैन् ।आज भन्दा १ बर्ष अगाडी पिडीत बालिकाका बुवा शंकर साउदले तिनै बलात्कारी हर्क कुवरका ठुला बुवा सँग जग्गा खरिद गरी घर हालेर बस्न थाले ।आर्थिक अवस्था कमजोर नै रहेका शंकरको अधिंकास समय भारतमै बित्थ्यो ।भारत बाट शंकर घर फर्केको तिन महिना बित्न लाग्यो ,भारतबाट घर फर्किए पछी पहाड घर तिर लागे संकर,यता बछुरियामा छोरी कान्छा बाजे सँगै बस्थै आएकी थिइन् ।

भाद्र १३ गते राती बालिकाका कान्छा बाजे बाख्राकै खोर तर्फ सुते घरमा बालीका एक्लै भइन् ।स्कुलमा सरले दिएको गृहकार्य गर्दा गर्दा गर्दै राती करिव १० बजे बालिका सुत्न पुगिन् ।ढोका बन्द गर्न बिर्सिइन उनी ,घर सँगैका छिमेकी, नाताले दाई पर्ने हर्क बहादुर कुँवर सोही समयमा बालिकाको घर भित्र पसे र घटना घटाए ।मरी भनेर छोडे बलात्कारीले ।एक्लै सुतिरहेकी बालिकाको घरमा पसेका हर्क बहादुरले नाताले बहिनी पर्ने मामा की छोरीकोे मुख बन्द गरे बालिका कराउन खोजेपछी बालिका सँगै रहेको दोपटाले उनको हात र मुख बानेर घाटी थिची जवरजस्ती बलात्कार गर्न थाले,बलात्कारकै क्रममा बालिका बेहोस भएइन् ।बालिका मरिन भनेर बलात्कारी हर्क त्यहाबाट आफ्नो घर तिर लागे ।घटनापछी करिव २ घण्टा पछी पिडीत बालिकालाई होसआयो उनले रुदै पहाड अछाममा रहेका आफ्ना आमा बुवालाई फोन गरीन् ।

तर बोल्न सकिनन् छोरीलाई के भयो भनेर पहाड अछाममा रहेका आमा बुवा आतिन थाले ,यता छोरी फोनमा रुन सक्ने पनि अवस्थामा थिइनन् ।दाईले गरे बहिनीको बलात्कार ।पिडीत बालिकाका बुवा शंकर साउदले कल्पना बाहिरको घटना घटेको बताएका छन् ।छिमेकी बाटै यस्तो घटना घट्ना भनेर कल्पना सम्म नगरेको उहाले बताउनु भयो ।गाँउले नाताले भान्जा पर्ने हर्क बहादुर कुँवर र पिडीत बालिकाका बुवा शंकर साउद मामा भान्जा हुन् ।बलात्कारी हर्क र पिडीत बालिका दाई बहिनी हुन् ।एउटा दाई ले बहिनीमाथी यस्तो कुर्कम गर्ला भनेर कहिले नसोचेको संकरले बताउनु भयो ।बलात्कार आरोपी हर्ककी छोरी र पिडीत बालिका वडा नम्वर ६ स्थीत बाल ज्योती आधारभुत बिद्यालय जरहीमा कक्षा सातमा अध्यानरत छन् ।छोरी समानकी बहिनीमाथी यस्तो हर्कत गर्लान भन्ने कल्पना समेत नगरेको उहाले बताउनु भयो ।   infokhabarबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार