गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा तीन जनाई प्रहरीले कपिलवस्तुबाट प्रक्राउ गरेको छ । ७ महिनाकी गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीनजना लाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनिहरुले कपिलवस्तुको विजयनगर गाउँपालिकाकी ७ महिनाकी गर्भवती महिलालाई बलात्कार गरेका थिए ।

विजयनगर गाउंपालिका वडा नंं. ७ का २८ वर्षीय बकन्चु केवट, ४२ वर्षीय वरसाती केवट र ३८ वर्षीय प्रह्लाद केवट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । गएको मंगलबार राति घरमा एक्लै रहेको अवस्थामा ७ महिनाकी गर्भवती महिलालाई उनिहरुले बलात्कार गरेका थिए ।

आफु घरमा एक्लै रहेको अवस्थामा तीन जनाले आफुलाई बलात्कार गरेको भन्दै पिडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । पक्राउ परेका उनीहरुलाई भोली जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गर्भवती महिलालाई जबरजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरले उनीहरुलाई पक्राउ गरेको हो ।osnepal बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार