विदेशमा हुन गइरहेको एक कार्यक्रममा सहभागि हुन जान लागेका लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

विष्टले गृहमन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गृहमन्त्रालयलाई कारण दिन आदेश गरेको हो ।

गत ८ गते विमानस्थलबाट थाइल्याण्ड जान लाग्दा विष्टलाई गृहमन्त्री थापाको ठाँडो आदेशमा अध्यागमनका कर्मचारीहरुले राहदानीमा प्रस्थानको छापमा रद्द गरिएको छाप लगाई बोर्डिङ पाससमेत खोसेका थिए ।

अध्यागमनले थाइल्याण्ड कार्यक्रममा जान लागेकोमा जुन कार्यक्रममा जान लागेको हो त्यस विषयमा संवद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस र स्वीकृति नदेखिएकोले प्रस्थान अनुमति नदिएको’ ब्यहोरो उल्लेख गरेर निवेदन दिएको थियो ।

स्रोतका अनुुसार थापाविरुद्ध सर्वोच्चमा परेको रिटले नेकपा अध्यक्ष प्रचण्ड धेरै नै तनावित देखिएका छन्। थापालार्इ सही सावित गर्न न्यायलायमाथि नै आफ्नो दबदबा बनाउन प्रचण्ड प्रधानमन्त्री केपी ओलीलार्इ भेट्न बालुवाटार पुगेका छन्।

बालुवाटार स्रोतका अनुसार थापाविरुद्ध रिट परेकै दिनदेखि प्रचण्ड यस विषयलार्इ लिएर प्रम ओलीसँग पटक पटक कुरा गरिसकेका छन्।nepalpanaबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार