भारतमा एकै ठाउँबाट १४ जना नवजात शिशुको शव प्रहरीले फेला पारेको छ । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकतामा १४ जना नवजात शिशुको शव फेला परेको हो । कोलकातामा एउटा खाली जमिनको प्लटबाट १४ नवजात शिशुको शव फेला परेको भारतीय प्रहरीले जानकारी दिएको छ ।
कोलकाता नगर निगमका मेयर शोभन चटर्जी घटनास्थलमा पुगेका छन् भने उनिसँगै प्रहरी आयुक्त राजीव कुमारपनि घटना स्थल पुगेको भारतीय सञ्चार माध्यमले समाचार लेखेका छन् । प्रहरीले घटनाका बारेमा स्थानीय नागरिकसँग सोधपुछ गरिरहेको छ । ‘विशाल प्लटको वरिपरि कोही पनि बस्दैनन्’ स्थानीयले बताएका छन्, ‘प्रहरीले गहिरो अनुसन्धान गर्न पर्छ ।’
अँध्यारो सुरु हुनेबित्तिकै त्यस प्लटमा समाजविरोधी तत्वको भिड त्यहाँ लाग्ने गरेको स्थानीयले गुनासो पनि गरेका छन् । कोलकाताको हरिदेवपुरमा रहेको उक्त खाली ठाउँमा रहेको झाडी सफा गर्ने क्रममा मजदुरहरुले प्लाष्टिकको थैलीमा शिशुका शव देखेका थिए । त्यसपछि प्रहरी पुगेर शव उठाएको हो ।
प्रहरीले १४ शिशुको शप फेला पारेको र केही शव हालैको भएको बताएको छ । त्यस्तै केही शव भने कंकाल भैसकेको प्रहरीले जनाएको छ । अनुसन्धानमा सक्रिय अधिकारीले यो काम अवैधानिक रुपमा गर्भपतन गराउने गिरोहको हुन सक्ने बताएका छन् ।osnepalबाट







