छैनन् भन्ने कुरा उनलाई कसरी थाहा भयो ? प्रहरीले यसतर्पm ध्यान दिएन ।
सन्दर्भ ३ : अम्बाको बोट जो ढल्यो – निर्मलाको मृत शरीर उखुबारीमा फेला प-यो । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । सँगै भेटियो, उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक । घटना भएको भनिएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिज्न सकेको छैन । मृत भेटिएकी निर्माणको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो ? कतै पुस्तक पछि लगेर फालिएको त होइन ?
यस तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत भएन ।–निर्मालाको शवसँगै अम्बाका केही दाना पनि वरामद भए । प्रहरीले मुलुल्कामा अम्बा भेटिए पनि उल्लेख गर्यो । घटना भएको केही दिनपछि अम्बाको प्रसंग उठ्यो । यस बिषयमा प्रहरीले बबितासँग सोधपुछ गर्यो । हाम्रो घरमा अम्बाको झाङ थियो । त्यहीँबाट टिपेर उसलाई दिएको बताइन् । तर, बबिताको घरमा घटना भएको ६ दिनपछि अम्बाको झाङ काटेर मिल्काई सकिएको छ । उक्त अम्बाको झाङ एकाएक किन काटियो ? प्रहरीको अनुसन्धान यस तर्फ पनि मोडिएन ।
सन्दर्भ ४ : स्थानीयका अनुसार घटना भएको साता दिन पछि बबिताले घरको कोठामा रङ लगाएकी छिन् । जबकी बबिता र रोषनीलाई त्यस घरमा बस्न असुरक्षित भएको भन्दै प्रहरीले आफ्नै कार्यलयमा लगेर राख्ने र बेलुका सोही घरमा छाड्दै आएको छ । यत्रो तनावकाबीच बबिताले आफ्नो घरका कोठामा किन रङ लागाइन् । प्रहरीले यस तर्फ पनि ध्यान दिएन ।
सन्दर्भ ५ : घटनाको करिब सात दिनपछि प्रहरीले कन्चनपुरकै १७ बर्षीय दिपक नेगी र कैलालीका दिपक घर्तीमागर पक्राउ परे । स्थानीयका अनुसार पक्राउ परेका नेगी एचआईभी संक्रमित हुन् । उनी शारिरिक र मानसिक दुवै पक्षबाट कमजोर छन् । त्यस्तै पक्राउ परेका घर्तीमागर पनि मानसिक सन्तुलान ठिक नभएको व्यक्ति हुन् । घटनाको २६ दिन पछि प्रहरीले अभियुक्तका रुपमा दिलिपसिंह बिष्ट पक्राउ गर्यो ।
बिष्ट पनि मानसिक सन्तुलन ठिक नभएका व्यक्ति हुन् । प्रहरीले बलात्कार पछि हत्या गरिएको जस्तो जघन्य अपराधमा मानसिक अबस्था बिग्रिएकालाई मात्रै किन अभियुक्त बनाउन खोज्यो ? घटनाको सात दिनपछि पक्राउ परेका नेगी, घर्तीमागर र अहिले अभियुक्त भनिएका बिष्ट तीनै जना शरिरिक र मानसिक अवस्था बिग्रएका भेटिनु संयोग मात्रै होइन । तर, यस तर्फ अनुसन्धान केन्द्रीत हुन सकेन ।
सन्दर्भ ६ : घटनाको २४ दिनपछि प्रहरी निर्मालाको बुबा कहाँ पुग्यो । घटना स्थल निरीक्षण गर्नु पर्ने भएकाले सँगै हिड्न उनलाई भनियो । उनी प्रहरीको भ्यानमा चढे । घटना स्थल पुगे । निरीक्षण प्रहरी पनि खटिए । निरीक्षणको केही मिनेटमै प्रहरीले घटना स्थलबाट सर्टबाट च्यातिएको खल्ती भेटायो । सोही ठाउँमा फेरी प्रयोग गरिएको कण्डप पनि भेटियो ।
जबकी उक्त ठाउँमा शव भेटिएकै दिन मुचुल्का उठाउने क्रममा प्रहरीले ब्यापक सर्च गरेको छ । त्यस बेला न कण्डप भेटिएको छ । सर्टको टुक्रा नै । पछि सिआईबी टोली पनि घटना स्थल निरीक्षण गर्न पुगेको छ । उसले पनि घटना स्थलबाट कण्डम, सर्टको टुक्रा केही भेटएको छैन । घटना भएको २४ दिनपछि प्रहरीले घटना स्थलबाट कसरी कण्डम र सर्टको टुक्रा भेटायो । अनुसन्धान यसमा गरिएन ।
–अभियुक्तका रुपमा पक्राउ परेका दिलिपसिंह बिष्टका परिवारले घटना स्थलमा जुन सर्टको टुक्रा भेटिएको भनिएको छ, त्यो सर्ट प्रहरीले बिष्ट पक्राउ परेपछि मात्रै घरबाट लगेको भनेका छन् । यस्तो कसरी हुन पुग्यो ? शंका यहाँ छ ।–स्थानीयका अनुसार बबिताको घरमा नेपाली सेनाका अधिकृत, प्रहरीका अधिकृत मात्र नभई भारतबाट कन्चनपुर घुम्न आएका भारतीय नेता पनि बाक्ले रुपमा जान आउने गर्थे ।
बबिता न राजनीति गर्छिन् । न ब्यापारी हुन् । कुनै सरकारी ओहदामा पनि उनी छैनन् । न कुनै आईएनजीओ र एनजिओमा नै कार्यरत छिन् । तर उनका घरमा हाइ प्राफाइलका व्यक्ति आउ जाउ किन गर्छन् ? निर्माला हत्याको उपज कतै यस्तै व्यक्ति त होइन ? यसमा प्रहरीले किन अनुसन्धान गरेन ? उनको कल डिटेल अध्ययन गर्दा धेरै रहस्य खुल्न सक्थ्यो । तर, यसो किन गरिएन ? शंका यहाँ पनि छ ।
infokhabar बाट
https://www.youtube.com/watch?v=QNAft4ZcPvc







