नेपालको एक हजार मेगावाट बिजुली चीनले किन्ने भएको छ । नेपालसँग वर्षायाममा उत्पादित एक हजार मेगावाटसम्म बिजुली किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४०० केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो।
टोलीका सदस्य एवं अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल आत्रेयका अनुसार तिब्बतले हाल सिचुवान र कन्काइबाट विद्युत् ल्याइरहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत् नेपालबाट निर्यात् गर्नसक्ने प्रस्ताव गरेका कारोबार दैनिकमा समाचार प्रकाशित छ ।
बैठकमा चिनियाँ पक्षले नेपालको विद्युत् यत्पादनको प्रक्षेत्रपण, माग तथा आपूर्तिका साथै आदानप्रदान हुनसक्ने अवस्थाकबारे योजना ल्याउन प्रस्ताव गर्दै सोही आधारमा अघि बढ्ने बताएको थियो।osnepalबाट







