कैलाली भदौ १८– सँगै पढ्ने साथीका बाबुबाट कैलालीको घोडाघोडीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका ६ की किशोरीलाई गएको बुधबार स्थानीय हर्कबहादुर कुँवरले आफ्नै घरमा बलात्कार गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
घरमा कोही नभएको मौका पारेर कुँवरले किशोरीको हात मुख बाँधेर बलात्कार गरेका हुन्। ‘स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमती नभएपछि प्रहरीमा खबर आयो,’ एसपी घिमिरेले भने।

किशोरीका अभिभावकले दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी गरेका छन्। बलात्कारपछि कुँवर फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।infokhabarबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार