बहिर्गमित जनमुक्ति सेना नेपालले आफ्नो संगठनले उठाएका जायज मागहरु सरकारले तत्काल पूरा नगरे आफूहरु आफ्नो शशक्त र शसस्त्र आन्दोलनबाट गर्न तयार रहेको चेतावनी दिएको छ ।

आइतबार संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । स्वेच्छिक अवकाश लिएका पूर्व जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने अथवा सो आर्थिक प्याकेज बराबर दिर्घकालिन व्यवस्थापन हुनेगरी कुनैपनि क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने समितिको माग रहेको छ ।
बहिर्गमित जनमुक्ति सेनालाई लगाएको कथितअयोग्यकाे बिल्ला तुरुन्तै खारेजको साथै औपचारिक कार्यक्रमगरी सम्मानयुक्त शब्दसहित राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गरिनुपर्ने पनि समितिले माग तेर्साएको छ । आफूहरुको संगठनको नाममा डलरको खेती गर्ने जोकोहीलाई कालोमोसो दलेर सामाजिक बहिष्कार गर्ने पनि समितिले चेतावनी समेत दिएको छ ।
समितिले बृहत शान्ति सम्झौताको मर्म विपरित मानवअधिकारवादीहरुले आफूहरुको नाममा डलरको खेती गरेको भन्दै जनकारबाही गर्ने चेतावनी पनि दिएको छ । केन्द्रीय संघर्ष समितिकाअध्यक्षअसिम लिम्वु ‘सुनिल’ले बहिर्गमित सेनाको नाममामा नवअधिकारकर्मी र केहीअधिवक्ताहरुले डलरको खेती गरिरहेको आरोप लगाएका छन् ।
उनले भने,‘केहीदिन अघिअन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काईएका बहिर्गमित जनमुक्ति सेना नेपालका पूर्व अध्यक्ष लेनिन बिष्टलाई केहीमानवअधिकारवादीहरुले बोकिरहनु भएको छ, त्यस्ता मानवअधिकारवादीलाई खोजीखोजी टाउकोमा हान्ने समय आएको छ, एकजना पूर्व ओवादी लडाकुलाई उचाल्ने काम गरिरहनुभएको छ, हामी ४ हजार ८जनाको अधिकारको लागि नबोल्ने तर एकजना मानिसलाई निरन्तर बोक्ने ? शान्ति सम्झौताको हितविपरित उचाल्ने कामहुँदैछ, यो रोकिनुपर्छ।’
त्यस्तै कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका अर्का उपाध्यक्षयोग्यबहादुर कार्कीले लेनिन बिष्ट २०६३ पछि संरक्षणको नाममा आएको सदस्यमात्रै भएको भन्दै उनले जनयुद्धमा बालबालिकाप्रयोग भएको भनेर उठाएको विषय गलत भएको दाबी गरे ।
उनले भने,‘जवरजस्त उनलाई बन्दुक बोकाएको होईन, उनी शान्तिप्रक्रियामाआईसकेपछिको समयमा आएका हुन्, जनयुद्धमा कसैलाई पनि जबरजस्ती बन्दुक बोकाईएको थिएन, विमानस्थलबाट फकार्ईएको विषयलाई लिएर मानवअधिकारकर्मीहरुले लेनिन बिष्टलाई उचालिरहेका छन्’, उनले भने, ‘शान्तिप्रक्रियालाई पूर्णता दिनेतर्फ लाग्नुको साटो उल्टै भड्काउने काममा उहाँहरु लाग्नुभएको छ, बहिर्गमित सेनाको नाममा डलरको खेतीगर्नेहरुलाई हामीले खोजीखोजी बहिष्कार गरि सकेकाछौं ।’







