प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापासँग स्पष्टीकरण लिएका छन् ।

थाइल्याण्ड जाने क्रममा तत्कालीन माओवादीका बाल सैनिक लेनीन विष्टलाई एयरपोर्टबाट फिर्ता बोलाइएको विषयमा प्रधानमन्त्री ओलीले आइतबार गृहमन्त्री थापासँग स्पष्टीकरण लिएका हुन् ।

गृहमन्त्री थापा आइतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। विष्टलाई गत साता मात्र अध्यागमन विभागले विदेश जान रोक लगाउँदै एयरपोर्टबाटै फिर्ता पठाएको थियो ।

विष्टलाई विमानस्थलबाट फिर्ता गरिएको विषयमा सर्वोच्च अदालतले समेत सरकारका नाममा कारण देखाउ आदेश मागेको छ ।infokhabar बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार