पत्नीको अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न खोजेको एक घटना सार्वजनिक भएको छ।
एक महिलाले आफूसँगको यौन सम्बन्धको भिडियो पतिले सामाजिक सञ्जालमा राख्न खाजेको आरोप सहित प्रहरीमा उजुरी दर्ता गरेकी छिन्। पतिले उनका साथीहरुसँग पनि यौन सम्बन्ध बनाउन दबाव दिने गरेको ती महिलाको आरोप छ।
यो घटना भारतको उत्तर प्रदेशस्थित मेरठ जिल्लाको हो। त्यहाँकी एक महिलाको यस्तो उजुरी परेपछि प्रहरीले उनका पतिलाई पक्राउ गरेको छ। ती महिलाले विवाहको ५ महिनापछि पति विरुद्ध गम्भिर आरोप लगाउँदै उजुरी दर्ता गरेकी हुन्।
विवाहपछि आफ्ना पतिले साथीहरुलाई खुसी बनाउन भन्दै आफूलाई दबाव दिएको उनले बताएकी छिन्। केही महिनासम्म त उनले पतिको यस्तो आदेशलाई अस्वीकार गर्दै गइन्। त्यसपछि उनी माइती फर्किइन्। तर पतिले लुकीछिपी आफूसँगको यौन सम्बन्धको भिडियो बनाएका रहेछन्, ती महिलाले भनिन्, त्यसपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनाउने धम्की दिन थाले।
आफ्ना पतिले प्राय अश्लिल भिडियो हेरेर प्राय आफूसँग सम्बन्ध बनाउने माग पर्ने गरेको पनि ती महिलाको आरोप छ।डिसी नेपाल बाट साभार







