प्रधानमन्त्री केपी शर्मा ओलीले आफु राजनीतिमा जोगी भएको बताउनुभएको छ ।

झापाको गौरादहमा बुधबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आफु राजनितीमा जोगी भएको भन्दै राजनिती गरेर केहि कमाउनु आफ्नो लक्ष्य नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफुले देश जनताकै लागी काम गर्ने समेत धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक र स्वास्थ्यका हिसावले पनि धरैपटक देश र जनताको सेवा गर्ने मौका पाएको तर्क गर्नुभयो । उहाले झापाको बिभिनन क्षेत्रको बिकासका लागी आफुले काम गर्ने बताउनु भयो । .

देश बिकास र समृद्धिका लागी फरक योजना बनाएर अघि बढने प्रधानमन्त्री आफ्नै क्षेत्रबाट पाएको भन्दै गौरादहका नागरिकले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरेका हुन । सम्मान पछि गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकाले दक्षिणी क्षेत्रका समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार