काठमाडौ । काठमाडौको सुन्धारास्थित सीटिसी मलको चौथो तलामा रहेको एक मोबाइल पसलमा प्रहरीको सिभिल टोलीले गोली चलाएको छ । उक्त महलमा एक अभियुक्त रहेको खबर पाएपछी महानगरिय प्रहरी महलमा गएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एक ब्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको भनिएको छ। सिटिसी मलको चौथो तलामा रहेको सिटिभी मोबाइल कम्पनीका किसान राईमाथि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले समेत बताएका छन्।मलका सेक्युरिटी अफिसर लंकबहादुर तामाङले करिब सवा १२ बजेतिर गोली चलेको आवाज सुनेको बताए। राई फरार छन् । तर काठमाडौ प्रमुख बरिष्ठ उपरीक्षक बसन्त लामाले गोली नचलाएको दाबी गरेका छन् ।

एसएपी वसन्त लामाका अनुसार राई केही समयदेखि एक युवतीसँगको सम्बन्धमा रहेका थिए। दुईबीच झगडा भएपछि युवती प्रहरीकहाँ पुगेकी थिइन्। उजुरीको आधारमा प्रहरी राईलाई समात्न मलमा पुगेको थियो। एसपी लामाले भने,’ उजुरीको आधारमा समात्न मात्र गएका हौं।’

यस्ताे छ बरिष्ठ उपरीक्षक लामाकाे भनार्इ

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी वसन्त लामाका अनुसार सिटिसी मलमा कसैले चल्याे गोली चलाएको छैन। एसएसपी लामाले भने, ‘सिभिलको टोलीले राईलाई पक्राउ गर्न मध्याह्न सवा १२ बजेतिर मलमा पुगेको थियो। त्यतिकैमा सिभिलका केटाले बोकेको हेलमेट र हतियार भूइँमा खस्यो। आवाज आयो। प्रहरीको हातबाट पेस्तोल खस्दा गोली चल्यो भन्ने अड्कलबाजी भएको मात्र हो।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार