काठमाडाैं । प्रतिनीधिसभामा चलिरहेको शिक्षा विधेयकको छलफलका क्रममा सरकारी छात्रवृद्धिमा मनपरितन्त्र चलेको भन्दै नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले शिक्षा मन्त्रीलाई गरिब जेहन्दार विद्यार्थीले पाउनुपर्ने छात्रबृद्धि लक्षित वर्गले किन पाउन सकेका छैनन् भनेर प्रश्न गरेका छन् ।

छलफलको क्रममा सिंहले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रश्न गर्दै नीजि विद्यालयको शुल्क कतै लाखाैं त कतै हजाराैं मा अशुली भइरहेको छ, यसमा शिक्षा मन्त्रालयको कुनै नीति नियम छ कि छैन भन्दै व्यङ्ग्यात्मक ढंगले नीजि विद्यालय पोस्ने दाउमा रहेको सरकारको कडा आलोचना गरेका छन् ।

काठमाडाैंमा रहेका केहि विद्यालयको नामै लिएर सांसद सिंहले मन्त्रीको ध्यानाकर्षण गराएका छन् । ब्रिटिस स्कुल, लिङकन स्कुल लगायतका स्कुलको उदाहरण दिदै सांसद सिंहले निश्चित सिमा परिधी भित्र रहेर शुल्क लगायतका काम गर्न गराउन सचेत गराएका छन् ।

यस्तै, शिक्षा मन्त्रालयले कुनै प्रभावकारी कानुन नियमावली बनाउन नसकेको भन्दै उनले सरकारको आलोचना समेत गरेका छन् ।

देशका युवाहरु विदेश पलाएन हुने क्रम भयावह रुपमा भएकाले यसलाई रोक्न सिटिइभिटीसंगको सहकार्यमा तालिमको व्यवस्था गरेर युवालाई स्वरोजगार बनाउन शिक्षा मन्त्रालय किन माैन रहेको छ ? सरकारले यसतर्फ सोच्न जरुरी छ भन्दै उनले आक्रोस समेत व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार