नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा हरेक दिन कत्ति धेरै अपराधिक क्रियाकलापहरु हुन्छन त्यो कुरा सबैं बाहिर नआएको पनि हुनसक्छ । आमा सबैंका लागि प्यारो लाग्ने नाम ममता मायाले भरिएको शब्द हो । तर हाम्रो समाजमा त्यस्ता केही आमाहरु पनि हुन्छन जसलाई आमा भन्दा उसका सन्तालाई अफट्यारो अनुभुति हुन्छ । त्यस्तैं घटना दिल्लीको हजरत निजामुद्दीन क्षेत्रमा भएको छ । जहाँ अदिवा नाम भएकी एक महिलाले सात महिनाकीे छोरीको निर्मतापुर्वक हत्या गरेकी छिन । उनले घरमा छोरी जन्मे पछि अशुभ भएको भन्दैं हत्या गरेकी हुन । महिलाले प्रहरीलाई भनिन् कि छोरी बाल्टिनको भएको पानीमा डुबेर मरेकी हुन तर पोष्टमार्टम रिर्पोटमा बच्चालाई दबाएर मारेको आए पछि उनले अपराध स्विकार गरेकी हुन ।







