काठमाडौं, भदौ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सत्यतथ्य बाहिर ल्याउन ढिलाइ गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

उनले स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिको गल्तीका कारण कन्चनपुरमा थप जनधनको क्षति भएको भन्दै ‘अनुसन्धानमा भइरहेको ढिलाइले आशंका जन्माएको छ’–भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार