कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।शनिबार किशोरी बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले मानबहादुर विष्टलाई पक्राउ गरेको थियो । शुक्रबार राति घरमा पूजा भइरहेका बेला मोटरसाइकलमा लगी किशोरीलाई बलात्कार गरिएको थियो ।पक्राउ परेका दुवै जनाविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

यता कपिलवस्तुमा एक गर्भवती महिला वलात्कृत भएकी छिन्। कपिलवस्तुको विजयनगर गाउँपालिका ७ परसौया वस्ने ३८ वर्षिय ८ महिने गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेका छ।

भाद्र १२ गते राती साढे दश वजेको समयमा पति नभएको समय पारी सोहि गाउँ निवासी २८ वर्षिय बकन्चु केवट, ४० वर्षिय प्रह्लाद केवटले ४२ वर्षिय वर्षादी केवटको सहयोग लिइ वलात्कार गरेको आरोप पिडितले लगाएकी थिइन।पिडितका पतिले १३ गते तीनै जना विरुद्ध किटानी जाहेर दिएको र प्रहरीले थप अनुसन्धान गरेर पिडकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलले वताए।निरिक्षक पौडेलको नेतृत्वमा खटिएको टोलीले किटानी जाहेर दिएकै दिन वर्षादी केवटलाई पक्राउ गरेको वताए। त्यस्तै भाद्र १४ गते अर्का आरोपी प्रह्लाद केवटलाई पक्राउ गरेको निरिक्षक पौडेलले जनाए ।

त्यस्तै मुख्य आरोपीत वकन्चु केवट घटना पछि फरार थिए। प्रहरीले केवटलाई भारतको सन्सरी भन्ने ठाउमा लुकिछिपि वसेको अवस्थामा पक्राउ गरेको छ।वहादुरगंजमा रहेको शिवराज अस्पतालमा उपचार भएपछि पिडितको अवस्था सामान्यमा फर्केको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए । पीडकहरुलाई जवरजस्ती करण अन्तरर्गत मुद्धा चलाईने प्रहरीले जनाएको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार