
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन भर्खरै काठमाडौँमा सम्पन्न भयो।
याे सम्मेलन गर्न नेपाल सरकारले झण्डै साढे २ अर्ब रकम खर्च गरेकाे अर्थ मन्त्रालयलले जनाएकाे छ । यत्राे रकम खर्च गरेर नेपाल र नेपालीले के पाए ? यसबारे विचार विमर्श चल्न थालेकाे छ ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा बंगालको खाडीको तट र यसको आसपासमा रहेका दक्षिण एसियाका भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलङ्का र दक्षिण पूर्वी एसियाका थाइल्यान्ड र म्यानमार सदस्य छन्।
सरकारी अधिकारीहरुको भाषामा चौथो बिमस्टेक सम्मेलन भव्य रुपमा सप्पन्न भयो। वास्तबिकता के हो त?
चार बर्ष अघि नेपालले आयोजना गरेको सार्क सम्मेलन र हालै भएको बिमस्टेक सम्मेलन बीच के कस्तो फरक रह्यो त ? यसबारे नागरिक न्युजले एउटा भिडियाे तयार पारेकाे छ ।
हेराैं भिडियाे रिपाेर्ट ।







