नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले केपी र प्रचण्डहरुले गरेको दमनलाई आफुहरुले भीषण प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

दमनबाट क्रान्ति नरोकिने भन्दै महासचिव विप्लवले केपी र प्रचण्डलाई दमनबाट क्रान्ति सिध्याउन सपना नदेख्न थप चेतावनी दिएका छन् ।

आफ्नो पार्टी निकट पत्रिकामा ताजा धारणा राख्दै महासचिव विप्लवले आफुहरुले देखेको वैज्ञानिक समाजवादप्रतिको आदर्शसामु ओलीको दमनको ध्वाँश प्वाँखभदा गह्रँगो रहेको बताए ।

जति दमन भएपनि दलाल पुँजीवादी सत्ताको प्रतिरोध गरेर क्रान्तिलाई सफलतामा पूर्याई छाड्ने दृढता महासविच विप्लवले व्यक्त गरेका छन् ।

‘हामीमाथि दमन हुने वा नहुने कुराले यसलाई कुनै प्रभाव पार्दैन । जति नै दमन भए पनि दलाल पुँजीवादी सत्ताको प्रतिरोध गर्नु र क्रान्तिलाई सफलतापूर्वक अगाडि बढाउनु हाम्रो जिम्मेवारी हुन्छ र हामी त्यसै गरिरहेका छौँ ।’ महासचिव विप्लवले भनेका छन् ‘दलाल पुँजीवादी सत्ताको दमन, हाम्रो प्रतिरोध साथै हाम्रो प्रतिरोध र केपी—प्रचण्डको दमन यसैको प्रतिबिम्ब हो ।’

महासचिव विप्लवले भनेका छन् –

यी कुराहरूप्रति बेवास्ता गर्दै हाम्रो पार्टीका बारेमा भएनभएका नितान्त झूट प्रचार गर्दै दमन गरिरहिन्छ भने केपी—प्रचण्डले बुझेकै हुनुपर्छ र बुझ्नुपर्छ– उनीहरूले भीषण प्रतिरोधको सामना गर्नुपर्नेछ । दमनबाट क्रान्ति रोकिएला वा समाप्त होला भन्ने कल्पना सपनामा पनि नदेखे हुन्छ । वैज्ञानिक समाजवादप्रतिको हाम्रो आदर्श र निष्ठासामु तिम्रो दमनको ध्वाँस त प्वाँखजति पनि गहु्रँगो छैन ! हाम्रो वैज्ञानिक समाजवादी क्रान्ति जनताको मनमा बसिसकेको आन्दोलन हो ।

आजसम्मका नेपाली क्रान्तिहरूमा बलिदान गर्ने सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते योद्धा र क्रान्तिलाई हरतरहले सहयोग पु¥याउँदै आएका श्रमिक जनताले साथ दिएको आन्दोलन हो । त्यति मात्र होइन, सच्चा कम्युनिस्ट, देशभक्त, प्रगतिशील र लोकतन्त्रवादी शक्तिहरूले पनि जायज ठान्दै समर्थन गरिरहेको आन्दोलन हो । यो एकपछि अर्को उचाइतिर उठिरहेको छ र सबै बाधा–अवरोधहरूलाई परास्त गर्दै अगाडि बढ्ने निश्चित छ । अन्ततः दलाल पुँजीवादी सत्ताको दमन होइन, श्रमिक वर्गको विद्रोह र क्रान्ति सफल हुनेछ । भूतपूर्व कम्युनिस्टहरू ! के माक्र्सवाद—लेनिनवाद—माओवादले दिएको वैज्ञानिक शिक्षा यही होइन त ? उसो भए दमनको विनाशकारी बाटोमा किन ? वैज्ञानिक समाजवादको अनिवार्यतालाई स्वीकार गरौँ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार