‘अपराधी होस वा प्रहरी, गल्ति गर्ने सबै कारवाहीको दायरामा आउनेछन् ।’ प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले वीरगञ्जमा नवनिर्मीत प्रहरी भवनको उद्घाटन गर्ने क्रममा आक्रमक शैलीमा भने ‘समृद्ध र सुरक्षीत समाजको परीकल्पना साकार गर्नका लागि समाज र प्रहरी दुवै परीष्कृत हुनैपर्छ ।’
अपराध नियन्त्रणका साथै प्रहरीले नागरीक समाजसँग मिलेर सामाजिक उत्तरदायित्व पनि वहन गर्दै आएको उनले स्पष्ट पारे । ‘एकातिर अपराध भइरहेको छ त्यसलाई छोडेर प्रहरीले समाजसेवा गर्नुपर्छ भन्ने होईन् तर आफ्ना प्राथमिकताका काम गर्दै समाजसँग पनि हातेमालो गर्दै अघि बढ्नुपर्छ’ महानिरीक्षक खनालले भने ।
आम नागरीकले सहयोग गरेको खण्डमा प्रहरीको काम सहज हुने उनले बिश्वास व्यक्त गरे । नेपाल प्रहरी मुलुकको सुरक्षालाई प्राथमिकतामा राख्दै अघि बढीरहेको महानिरीक्षक खनालको भनाई छ । अपराधमुक्त समाज निर्माणका लागि सरकार र गृह प्रशासनले लिएको अठोट पुरा गर्न नेपाल प्रहरी तयार रहेको उनले बताए ।
‘भदौ १ गतेदेखी लागु भएको ऐनको मर्म बुझेर काम गर्नुपर्छ ।’ नागरीक समाजलाई अनुरोध गर्दै उनले थपे ‘यो सबै नागरीकका लागि हो, समाजकै लागि हो ।’ प्रहरीलाई साधन सम्पन्न बनाउन ऐनले नै निर्देश गरीसकेकाले अबका दिनमा प्रहरीको काम अझ प्रभावकारी हुने उनले बताए । आईजीपी खनाल जिल्ला प्रहरी कार्यालय बारा र वडा प्रहरी कार्यालय विर्ता, वीरगञ्जको उद्घाटन गर्न वीरगञ्ज गएका हुन् ।
यस क्रममा उनले प्रदेश नम्बर २ र ३ मा रहेका आफु मातहतका निकायसँग सुरक्षा सम्बन्धि व्रिफिङ लिदै सुरक्षा व्यवस्था कायम गर्नका लागि निर्देशन दिएका छन् । ‘अपराध नियन्त्रण नै हाम्रो पहिलो प्राथमिकतामा हो’ खनालको भनाई उद्घृत गर्दै एक प्रहरी अधिकारीले भने ‘अपराध नियन्त्रणमा हुने कुनैपनि लापरवाही सह्य हुने छैन् ।’.osnepalबाट







