कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयतले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गरी रहेको समयमाशनिबार बालिका निर्मला पन्तका सहपाठीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एक पत्र लेखेपछि प्रम केपी ओली दंग परेको स्रोतको भनार्इ छ। उक्त पत्र विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि प्रम ओलीले हेरेका थिए। पत्र पढेपछि प्रधानमन्त्रीले तुरुन्तै गृहमन्त्रीलाई बोलाएर प्रहरी उच्च अधिकृत नेतृत्वको सीआईबी टोली अनुसन्धानमा पठाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिपषद्को कार्यालयको स्रोत जानकारी दिएको छ। निर्देशन बमोजिम बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोली आइतबार महेन्द्रनगर पुगेको छ।
सीआईबी टोली अनुसन्धानका लागि महेन्द्रनगर पुगेको विषयमा जिल्लास्थित प्रहरी अधिकारीले प्रष्ट पारेका छैनन्।
प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान थालेको छ।
समितिका सदस्यमा ब्युरोका डिएसपी कमल थापा लगाएका प्रहरीरहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिइरहेको बताए। ‘हामीले घटनालाई निकै गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं’ कडायतले भने, ‘प्राविधिक सहयोगका लागि केन्द्र र संघीय प्रहरी कार्यालयसँग समेत सहयोग लिइरहेका छौं।’ अनुसन्धानका क्रममा सीआईबीलगायत विज्ञको सहयोग लिने काम भइरहेको उनले स्वीकारे।
प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनीलाई थुनामा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ। भदौ ८ गते पक्राउ गरेर सुरुवातमा ७ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको थियो। भदौ १४ गते प्रहरीले थुनामा राखेरै अनुसन्धान गर्न ७ दिन म्याद थपेको छ।
दुवै दिदीबहिनीको बयान सकिएको छ। रोशनीको भदौ बिहीबार र अनिताको आईतबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको हो।
बलात्कारपछि हत्या भएको २५ दिनपछि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेपछि आन्दोलन चर्किएको थियो। nepalpanaबाट







