सँगै पढ्ने साथीका बुबाबाट १३ वर्षे किशोरी बलात्कृत भए लगत्तै बेहोश भएपछि अर्को निर्मला काण्ड हुनबाट जोगिएको कैलाली प्रहरीले जनाएको छ। कैलालीको घोडाघोडी नगरपालिका ६ बछेरियामा ती बालिका बलात्कृत गर्नेलाई कैलाली प्रहरीले सार्वजनिक गरेपछि उक्त कुराको खुलासा भएको हो।
आफ्नै छोरीसँग पढ्ने साथीलाई भदौ १३ गते राति घरमा एक्लै भएको मौका छोपी बलात्कार गर्ने सोही ठाउका ३२ वर्षीय हर्क भनिने हरिस कुँवरलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनलाई आइतबार लम्की चुहा नगरपालिका–१० चुहाँ गाउँमा आफन्तको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बलात्कारको यो घट्नालाई प्रहरीले झण्डै कञ्चनपुरकी निर्मला पन्त काण्ड हुनबाट जोगिएको निश्कर्ष निकालेको छ।
ुघट्नाको प्रकृति हेर्दा निर्मला काण्डजस्तै हुनबाट झण्डै जोगिएको छु,कैलाली प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले भने,ु राति बालिका घरमा एक्लै भएको मौकाछोपी हर्कले बालिकाको दोपट्टाले हात बाँधेर मुखमा कपडा कोचेर बलात्कार गरेका हुन्।ु
एसपी घिमिरेले थप्दै भने,‘बलात्कार गर्नासाथ बालिका बेहोस भएपछि छोडेर भागेको देखिन्छ,बालिकाको ज्यान नै गएको भए त घट्ना निर्मला काण्ड जस्तै हुन्थ्यो।, बालिकाले बलात्कारी चिनेकोले पहिचान गर्न सकिएको हो।ु
बलात्कारमा संलग्न कुँवरलाई मुलुकी अपराध संहिता २०७४ को दफा २९१९० को उपदफा ३ ९ख० बम्मोजिम १४ बर्ष देखि १६ बर्ष सम्म कैद र दफा २२८ बम्मोजिक मनासिब क्षतिपुर्तिको मागदाबि गरिएको घिमिरेले जानकारी दिए।.nepalpanaबाट







