काठमाडौँ । कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयतले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्दै आएका छन्। र उनको सहयोगका लागि सरकारले सोही घटनाको अनुसन्धान गर्न एक समिति समेत गठन गरी पठाएको तर अहिले सम्म उक्त समितले घटनाको विषयसँग सम्बन्धित कुनै ठोस प्रमाण फेला नपरेपछि फेरि अर्को अनुुसन्धान समिति गठन भएको छ।
भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अर्को समिति गठन गरेको हो ।
सोमबार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए।
प्रहरी प्रधान कार्यालयको स्रोतका अनुसार अहिले सम्म उक्त समितले घटना विषयसँग सम्बन्धित कुनै ठोस प्रमाण फेला नपरेपछि फेरि चाँडो भन्दा चाँडो सत्यतथ्य बाहिर ल्याउन अर्को अनुुसन्धान समिति गठन भएको हो।
प्रहरी प्रवक्ता क्षेत्रीले भने,‘जिल्लामा अनुसन्धान गरिरहेको टिमलाई आवश्यकता अनुसार सहयोग गर्न नयाँ टोली गठन गरी पठाइएको छ।’
प्रहरी स्रोतका अनुसार हत्या सम्बन्धमा निष्पक्ष छानबिन नभए कञ्चनपुर पुनः अशान्त बन्ने खतरा देखिएपछि आवश्यकता अनुसार अर्को टोली गठन गरीएको हो।
समितिका सदस्यमा ब्युरोका डिएसपी कमल थापा लगाएका प्रहरीरहरु रहेका छन् । बलात्कारपछि हत्या भएको २५ दिनपछि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेपछि आन्दोलन चर्किएको थियो ।nepalpanaबाट







