नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका पवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले रिहाई गर्न फेरि आदेश गरेको छ ।
यसअघि अदालतकाे गेटबाटै दुर्इ पटक रिहा हुने बितिक्कै प्रकाण्डलार्इ गृहमन्त्री राम बहादुर थापाकाे ठाँडाे अादेशमा बनावटी मुद्दाकाे अभियाेगमा पक्राउ गरिएकाे प्रकाण्डका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले बताएका छन्। पटक पटक रिहा हुँदै पक्राउ पर्दै गरेका प्रकाण्डलार्इ सर्वाेच्चले तेस्राे पटक पुन रिहा गर्ने अादेश दिएकाे छ।
सोमबार न्यायधिशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त ईजलाशले प्रकाण्डलाई विना शर्त रिहाईको लागि आदेश जारी गरेको हो । अदालतले निर्दौष ठहर गर्दै पटकपटक रिहा गरेको र पटक पटक पक्राउ परिनुमा प्रहरीप्रति अदालतले अाशंका ब्यक्त गरेकाे छ। संयुक्त ईजलाशले प्रहरीलाई ठोस प्रमाण पुर्याएर मात्र अभियुक्तहरुलाई पक्रन समेत सुझाव दिएकाे छ।
संयुक्त ईजलाशले अदालतको आदेशको असम्मान भएको भन्दै प्रहरीलाई मुलुकी संहितामा भएको व्यवस्थाहरुको ख्याल गर्नको लागि गम्भीर रुपमा ध्यानाकर्षण गराएको छ । आदेश कार्यन्वयन गर्न निकायबाट बारम्बार आदेशको उल्लंघन भएकोले पक्राउ परेका प्रकाण्डलाई नुुवाकोट जिल्ला न्यायधिशको रोहबरमा छाड्न सर्वोच्चले निर्देशन दिएकाे छ ।







