संसदमा प्रमुख प्रतिपक्षि दलकाे रुपमा रहेकाे नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग सत्तारुढ दल नेकपाका वरिष्ठ नेता भीम रावल हिडेपछि स्थानीयदेखि केन्द्रसम्मकाे राजनीतिमा एकाएक नयाँ तरंग देखिएकाे छ।
यसअघि कञ्चनपुरकाे हत्या प्रकरणकाे विषयलार्इ लिएर कांग्रेसमाथि कटाक्ष बाेलेका नेता भीम रावल एकाएक देउवासँग सँगै देखिएपछि नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी अाेलीसमेत चकित परेका छन्।
नेकपा स्राेतका अनुसार नेता भीम रावलसँग प्रम अाेलीले स्पष्टिकरण साेधिने तयारीमा रहेका छन्। स्राेतले प्रम अाेलीकाे भनार्इलार्इ उदृत गर्दै अगाडी भन्याे- प्रम अाेली नेता भीम रावल र प्रतिपक्षि दलका शेर बहादुर देउवासँग सँगै देखेर चकित नै परेका छन्।
तर यी दुर्इ नेता सँगै देखिनुकाे कारण भने फरक नै रहेकेा छ। अाज पश्चिम क्षेत्रमा गाैरा पर्व मनाउने हुँदा उक्त पर्वकाे परम्परा अनुसार नै यी दुर्इ नेता काठमाडाैँकाे टुडीखेलमा सँगै देखिएका हुन्।nepalpana







