कञ्चनपुर । निर्मला पन्तको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा एक युवकले किशोरी बलात्कारको प्रयास गरेका छन् । एक महिना अघि निर्मलाको बलात्कार पछि हत्या भएको र केही दिन अघि एक अर्की किशोरी सामूहिक बलात्कारमा परेको घटना सेलनाउन नपाउँदै फेरि किशोरीमाथि बलात्कारको प्रयास भएको हो । कञ्चनपुरको बेदकोट नगरपालिका– १ रडहाका २२ वर्षीय तारी भट्टलाई १७ वर्षीया एक किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

उनलाई प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो। कृष्णजन्माष्टमीको अवसरमा शिव मन्दिरमा भजनकीर्तन गर्न गएका किशोलाई नजिकैको खोपकेन्द्रमा लगि जबरजस्ती करणी गर्न खोजेको आरोपमा भट्टलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार अन्य व्यक्तिहरूले देखेपछि उनी फरार भएका थिए । पक्राउ परेका भट्टलाई हिरासतमा राखेर अनुसन्धानको कार्य अगाडी बढाइएको इप्रका झलारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार