बागलुङको बुर्तिबाङमा प्रहरीले तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्षलाई अर्काकी पत्नसँग कोठामा सँगै बसेका बेला कोठाभित्रैबाट पक्राउ गरेको छ ।

पक्राउ परेका वडाध्यक्षलाई प्रहरीले केही समय नियन्त्रणमा राखेर राजनीतिक दवावपछि छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई प्रहरीले भदौ १७ गते आइतबार पक्राउ गरेको जनाएको छ ।

गुरुङ बुर्तिबाङस्थित महिलाको कोठाबाट पक्राउ परेका थिए । गुरुङलाई ती महिलाका पति आफैले प्रहरी बोलाएर पक्राउ गर्न लगाएका थिए ।

कविता केसी (नाम परिवर्तन) को घरको कोठाबाट वडाध्यक्ष गुरुङलाई पक्राउ परेको जनाइएको छ ।

कविता केसीका पतिले पत्नी र वडाध्यक्ष कृष्ण गुरुङलाई कोठाभित्र एकसाथ फेला पारेपछि प्रहरी बोलाएर रंगेहात पक्राउ गराएका हुन् ।

बिागलुङका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले महिलाका पतिले वडाध्यक्ष कृष्ण गुरुङ र आफ्नी पत्नीलाई कोठामा सँगै देखेपछि प्रहरी बोलाएर पक्राउ गराएको बताए ।

‘घटनाको प्रकृति र अनुसन्धानबाट तत्काल ती महिला र वडाध्यक्ष कृष्ण गुरुङबीच कुनै अनैतिक क्रियाकलाप गरेको नदेखिएपछि छाडिदियौँ । अरु बेला के भएको थियो हामीलाई थाहा भएन । पुष्टि हुने कुरा पनि भएन । यो पारिवारिक विषय हो’, प्रहरी प्रमुख रेग्मीले भने, ‘मिलापत्र गरेपछि पति–पत्नीसँगै गएका छन् ।’

कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङबीच अनैतिक सम्बन्ध रहेको पतिले चालपाएपछि पिछा गरेका थिए । संयोगले आइतबार कोठाभित्रै पत्नी कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङलाई फेला पारेपछि प्रहरी बोलाएर पक्राउ गराएका थिए ।mediadabaliबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार