बागलुङ जिल्ला स्थायी घर भएका एक युवकको शव काठमाडौंको स्वयम्भुमा टाउको चुडिएको अवस्थामा फेला परेको छ । आफन्तले शवलाई कपडा हेरेर सनाखत गरेका छन् ।

गत भदौ १७ गते स्वयम्भुमा फेला परेको शवको टाउको चुडिएको छ । शव २२ वर्षीय संगीत जिसीको रहेको मामा मुकुट रायमाझीले बताएका छन् । ९ दिनदेखि बेपत्ता भएका जिसीको शव विभित्स अवस्थामा फेला परेपछि आफन्तहरू दुःखी भएका छन् ।

संगीत जिसीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । आफन्तहरू शिक्षण अस्पताल महाराजगञ्जमा जम्मा भएका छन् ।

मुकुट रायमाझीले अपहरणपछि हत्या भएको हुन सक्ने आफूहरूले आशंका गरेको दाबी गरेका छन् । स्वयंभु प्रहरीले शव फेला पारेपछि सनाखतका लागि दुई दिन अगाडि भदौ १७ गते आफन्तलाई खबर गरेको थियो ।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी बसन्तकुमार लामाले सम्हालेसँगै शान्ति सुरक्षामा चुनौती थपिएको आरोप लागेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार