रुपन्देही– नेकपाका नेता घनश्याम भुसालले सरकारको अहिले राजनीतिक परीक्षा भइरहेको बताएका छन्। उनले राजनीतिक अस्थिरताको युग सकिएको बताउँदै संघीयताको परीक्षामा सरकार उभिएको बताए। मंगलबार भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले सरकारले अहिले देखिएका सबै समस्या समाधान गर्ने ध्यानाकर्षण गराए।

‘अहिले जे जस्ता समस्या देखिएका छन, यसको समाधान हुनुपर्छ’, नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै भने, ‘समाधान नगरे सत्यानाश हुन्छ।’ करबृद्धिका बिषयमा सरकारले टास्क फोर्स गठन गरेकाले त्यसको समाधान हुने उनको भनाई छ।

केही स्थानीय तहले क्षेत्र नाघेर कर बढाएको भएपनि सबैले त्यसो नगरेको भन्दै गल्ती भएको क्षेत्रमा सुधार हुने उनले दावी गरे। समाजमा कुनै न कुनै समस्या रहने भन्दै शतप्रतिशत नभएपनि अहिले जे जस्ता बिषयमा आलोचना भइरहेको छ, त्यसको समाधान गर्नेतर्फ नेकपाको सरकार अग्रसर हुनुपर्ने उनले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार