धनुषामा सोमबार राति गोली चलेको छ।
अज्ञात समूहले राति करिब साढे ८ बजे एक युवकलाई गोली चलाएका हुन्। मोटरसाइलमा घर फर्किरहेका लक्ष्मिनियाँ ६ का ३५ वर्षीय सञ्जय शर्मा गोली लागि घाइते भएका छन्।
उनलाई एक गोली लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिएका छन्।
जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि शर्मालाई अस्पतालले काठमाडौं पठाएको छ।







