कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेटिएका छन्।

कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बबिता राना बेहोस अवस्थमा फेला परेका हुन्। दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ।

वृद्धलाई कुटपिट

कृष्णपुर नगरपालिकामा एक वृद्धालाई कुटपिट गरिएको छ। कृष्णपुर–८ बिचुवाका ४० वर्षीय किशोरदत्त भट्टले मादक पदार्थ सेवन गरी ७० वर्षीय दुलारी रानालाई कुटपिट गरेका हुन्। इलाका प्रहरी कार्यालय कृष्णपुरले भट्टलाई नियन्त्रणमा लिइ आश्यक प्रक्रिया अगाडि बढाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार