एजेन्सी । चीनको शिनजियान युग स्वायत्त क्षेत्रको जियासी काउन्टीमा मंगलबार ५.५ रेक्टर स्केलको भुकम्प मापन गरिएको छ । चीन भुकम्प सञ्जाल केन्द्र (सीइनसी) का अनुसार, भूकम्प मंगलवार शिनजियानको क्यानगानमा बिहान ५ बजे धक्का महशुस गरिएको थिँयो ।
भुकम्पमा कुनैं मानविय क्षति भए नभएको बारेमा अहिले जानकारी आएको छैन । भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्र आठ किलोमिटर तल रहेको थियो । तर शहरका बासिन्दाहरूले भूकम्पको ठुलो झट्का महशुस गरेका छन । घर भित्रबाट मानिसहरु बाहिर सडकमा निस्केका छन । स्थानीय सरकारले प्रभावित क्षेत्रहरु मा स्थिति को अनुसन्धानका लागि कर्मचारिहरु पठाएको जनाएको छ।
Comment







