बंगलादेशमा सुरू भएको साफ च्याम्पियन्ससिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। निर्धारित ९० मिनेटसम्म १-१ गोलको अवस्था भएपनि इन्जुरी समयको ५ मिनेटको अन्तिम समयमा पाकिस्तानले गोल गरेपछि नेपालले फिफा वरियतामा निकै तल रहेको पाकिस्तानसँग पराजय व्यहोरेको हो।

बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलको पहिलो हाफमा कप्तान विराज महर्जनले अनावश्यक फल गरेपछि ३६ औं मिनेटमा पाकिस्तानका मोहम्मद रियाजले पेनाल्टीमा पहिलो गोल गरेका थिए।

दोस्रो हाफको ८२ औं मिनेटमा नेपालका बिमल घर्तीमगरले बराबरी गोल फर्काएका थिए।

त्यसपछि जितका लागि आक्रामक खेलिरहेको नेपालले अतिरिक्त समयको अन्तिममा काउन्टर एट्याकमा मोहम्मद अलीको हेड जोगाउन सकेन।

बंगलादेश र भुटान पनि रहेको समूह एमा नेपालले अर्को खेल बिहीबार भुटानसँग खेल्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार