आधुनिक हुँदै गएको अहिलेको समाजमा युवतीहरु प्रत्येक क्षेत्रमा बाजी मारिरहेका छन्। चाहे त्यो राम्रो काममा होस वा नराम्रो काममा। युवलाई टक्कर दिन युवतीहरु जेसुकै गर्नसमेत तयार हुने गरेका छन्।

यसमा सबैभन्दा पहिलो नम्बरमा आउँछ, चुरोट। चुरोट सेवन गर्ने मामिलामा टीनएजर्स सबैभन्दा अगाडि आउँछन्। यतिबेला सामाजिक संजालमा एक भिडियो निकै भाइरल भइरहेको छ। जुन भिडियोमा स्कुलको पोशाकमा एक किशोरी चुरोटको धुँवा उडाइरहेकी छन्।

सामाजिक संजालमा भाइरल भइरहेको यो भिडियोमा स्कुलको पोशाक लगाएकी किशोरी खुल्ला रुपमा चुरोट पिइरहेकी छन्। यो भिडियो भारतको हिमाचल प्रदेशको कुल्लूको हो। यी छात्रा कुल्लू र मण्डीको सीमामा अवस्थित एक सरकारी स्कुलकी हुन्। भिडियोमा अन्य विद्यार्थी पनि देखिएका छन्। जो भिडियो बनाइरहेका छन्। तिनै भिडियो बनाउने मध्ये कसैले उक्त भिडियो सामाजिक संजालमा पोस्ट गरेको बताइएको छ। यतिबेला यो भिडियो निकै तीव्र गतिमा भाइरल भएको छ।

केही समय अगाडि पंजाबमा पनि यस्तै प्रकारको घटना सार्वजनिक भएको थियो। जहाँ क्लासमा सबैभन्दा अन्तिममा बसेर शिक्षकले पढाउँदा पढाउँदै एक छात्राले मदिरा सेवन गर्दै गर्दै गरेको अवस्थाम पक्राउ गरिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार