ज्यान मार्ने धम्की दिने एकजनालाई महानगरीय अपराध महाशाखा, टेकुले पक्राउ गरेको छ ।

post middle
काभ्रेको तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई ज्यान मार्ने धम्की दिएको भन्दै महाशाखाले सोही ठाउँका सत्यमान लामालाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।

लामाले फोनबाट अश्लिल शब्दको प्रयोग गरी गालीगलौज गर्दै तामाङका हातखुट्टा भाँचिदिने, मार्ने र मारेवापत जेल बस्न एकजना मान्छेसमेत तयार गरेको भन्दै धम्की दिएको महाशाले जनाएको छ । लामाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार