मोरङको कानेपोखरी गाउँपालिका ५ मा एक महिलाले आफ्नै छोराको ज्यान लिएकी छिन् । आइतबार विहान २३ वर्षिय कल्पना दर्जीले ६ वर्षिय छोरा रेशम दर्जीको ज्यान लिएकी हुन् माइत जान भन्दै विहानै घरबाट हिँडेकी उनले बिच बाटोमा पर्ने चिसाङ खोलाको पुलबाट छोरालाई धकेलेर ज्यान लिएकी हुन् रमाइलो आइतबारेस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नै पर्छ । अलिकति हिँड्दा खोला तर्नलाई पुल भेटिन्छ । ६ वर्षिय बालक रेशमलाई खोलाले बगायो । त्यसपछि माइत पुगेर छोरालाई तर्ने क्रममा खोलाले बगाएको सुनाइन् ।नाबालकको खोजीमा निस्किएका माइती पक्षले शंका गरेर केरकार गरे । अन्तत कल्पना आफैँले छोरालाई खोलामा धकेलेको स्वीकार गरिन् ।खोलाले बगाएर मृत्यु भएका बालकको शव घटनास्थलबाट एक सय मिटर तल अल्झिएको

post middle
अवस्थामा इलाका प्रहरी कार्यालय पथरीको टोलीले भेटेको थियो पति श्याम दर्जीले किटानी जाहेरी दिएपछि प्रहरीले कल्पनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । । कल्पनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार जिल्ला अदालत मोरङबाट म्याद थप भएको छ ।अदालतबाट म्याद थप भएसँगै कल्पनामाथि अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ प्रहरी समक्ष पनि उनले घटनस्वीकार गरेकी छन् । ‘छोरालाई लिएर माइत जान घरबाट निस्किएँ । खोला तरिसकेपछि रिस उठेर उसलाई उतै धकेलिदिएँ,’ कल्पनालाई उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने, ‘पछि माया लागेर बचाउन त खोजेँ तर खोलाले बगाएर लगिसकेकाले भेटिन ।किन लिइन् छोराको ज्यान ?आठ वर्षअघि श्यामसँग बैबाहिक बन्धनमा बाँधिएकी कल्पना निगुरो बिक्री गरेर जीवन चलाउँदै आएकी थिइन् । प्रहरीसँगको वयानमा उनले पतिसँगको रिसको आवेगमा आफूले छोरालाई खोलामा धकेलेर हत्या गरेको स्वीकार गरेकी छन् ।

‘नाबालकको यसरी हत्या हुनुको मुख्य कारण गरिबी नै हो,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण पति पत्नीबीचको सम्बन्ध पनि केही समयदेखि राम्रो रहेनछ ।’प्रहरीसँगको वयानमा कल्पनाले पतिले दैनिक रक्सी पिएर आफूलाई यातना गरेको रिसमा छोरा परेको बताएकी छन् ।‘घरमा म र छोरालाई खानेकुरा केही हुँदैन । ऊ सधैं रक्सी मात्रै आएर हिड्छ’, कल्पनालाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘मैले मात्रै घर व्यवहार चलाउन नसक्ने स्थिति आयो । यो दुःखमा छोरालाई पाल्न नसक्ने भएकाले एक्कासी मन बिग्रियो । खोलामा बाढी आएको अवस्थामा छोरालाई धकेल्न पुगेछु ।’प्रहरीको प्रारम्भिक अनुसन्धानले आर्थिक र पारिवारिक रुपमा उत्पन्न तनाव र पीडाले बालकको हत्या भएको देखाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार