मन्त्रीहरूले जनचाहनाअनुसार काम नगरेकाे भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुृर्इ अध्यक्ष केपी अाेली र प्रचण्डबीच गहन रुपमा छलफल भएकाे बताइएकाे छ । साथै मन्त्रीहरुको काम र गतिविधिहरूबारे दुर्इ अध्यक्षले कडा एक्सन लिने बुझिएकाे छ ।

यसै क्रममा प्रधानमन्त्री केपी अाेली र गृहमन्त्री रामबहादुर थापा बादलबीच चलेकाे मनमुटाब पनि अब सतहमा देखा पर्न थालेकाे छ । पछिल्ला दिनमा अाेली र बादलकाे अन्तरविराेधले बादलकाे गृहमन्त्री पद धरापमा परेकाे छ
याे विषयमा दाेस्राे तहका अध्यक्षा प्रचण्डले मन्त्रीहरुका विषयमा केही दिनभित्रै कडा कदम चाल्ने तयारी भइरहेको समेत खुलासा गरेका छन् । मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले अहिलेको क्याबिनेटमा रहेका मन्त्रीहरुका विषयमा समीक्षा भइरहेको बताएका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका विषयमा प्रधानमन्त्री केपी ओलीसँग मिलेर समीक्षा शुरु भएको बताएका हुन् ।
स्राेतका अनुसार नेकपाका द्धय अध्यक्ष अाेली र प्रचण्डबीच मन्त्री हेरफेर गर्ने विषयमा ब्यापक छलफल भएकाे छ। पछिल्लाे समय देशभरि भइरहेकाे घटनालार्इ राेक्न नसकिरहेकाेले गृहमन्त्री पदबाट राम बहादुर थापलार्इ हटाउने दुबै अध्यक्ष सहमत भएका छन्।
त्यस्तै बजेट राम्रो ल्याउन नसकेको आरोप खेपिरहेका अर्थमन्त्रीले पछिल्लो समयमा स्थानीय निकायले उठाएको करमा पनि बिबाद आएपछि अर्थमन्त्रीको राजीनामा माग्न थालेका छन ।
नेकपाभित्र नै अर्थमन्त्रीकाे राजीनामाको कुरा उठेपछि अध्यक्ष प्रचण्डले पनि चासो दिएपछि प्रधानमन्त्री ओलीले अर्थमन्त्री फेर्ने की नफर्ने भन्ने विषयमा अन्य नेताहरु सँग बृहत छलफल गरिरहेका छन्।







