नेपाल कम्युनिष्ट पार्टीका नता एवं पूर्व गृहमन्त्री भिबहादुर रावलले केपी अाेलीलाई विमस्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने सहमतिलाई कार्यान्वयन नगर्न चेतावनी दिएका छन् ।

नेता रावलले आफू राजनीतिशास्त्र र कानुनको विद्यार्थी समेत भएकाले सरकारले देशको असंलग्न नितिलाई लत्याएर गर्न लागेको संयुक्त सैन्य अभ्यासलाई तत्काल रोक्न आग्रह गरेका छन् । रावलले संयुक्त सैन्य अभ्यास संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ति गरेको दाबी गरेका छन् ।
उनले भने,‘विमस्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिदैन् ।’
उनले अघि थपे,‘१८१५ सालमा नेपाल र अंग्रेजबीचको मलाउ युद्धमा तीन हजार नेपाली वीर गोरखालीहरुलाई युद्ध बन्दि बनाईयो र बन्दि बनाईएका नेपालीहरुलाई अंग्रेजले गोरखा भर्ति केन्द्रको रुपमा विकास गर्यो, जुन कुरा नेपाली पराजयको संकेतका रुपमा स्थापना गरेको गोरखा भर्ति सन्धीको बिरोधमा मैले आधा शताब्धि खर्चि सकेको छु ।’ उनले भने,‘नोभेम्बर ९ मा १९४७ राणा, बेलायत सरकार र भारतबीच भएको सहमतिले हाम्रो राष्ट्रियतामाथि प्रश्न खडा गरिरहेको छ, देश र जनताको हित विपरित भए गरिएका कुनैपनि सम्झौताको बिरोधमा बोल्न मलाई कतै कसैले रोक्न सक्दैन ।’
सरकारले वैधानिक संकट ल्याउन लागेको भन्दै रावलले यो निर्णयबारे तत्काल सच्चिन आग्रह समेत गरे ।







