सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यक्षद्धय केपी शर्मा आेली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएकाे पछिल्लाे छलफलले अाफुहरूकाे मन्त्रीकाे पद धरापमा पर्ने भइपछि प्रचण्ड समुहबाट मन्त्री बनेका दुर्इ मन्त्रीले प्रचण्डलार्इ गाेप्य पत्र पठाएका छन् ।

प्रधानमन्त्री आेली प्रचण्डले मन्त्री परिवर्तनका लागि गृहकार्य थाले लगत्तै गृहमन्त्री यता बादल र उद्योग मन्त्री मातृका प्रशाद यादवले प्रचण्डलाई आफ्नो गोप्य सन्देश पठाएका हुन् ।

बादल र यादवले प्रचण्डलाई अाफुहरुलाई मन्त्रीबाट फिर्ता बोलाउनु नै पर्ने हो भने त्यसको स्पष्ट कारणसहित जवाफ दिन चेतावनीयुक्त सन्देश पठाएका छन् । होइन भने सभामुख महराको जस्तै शैली अपनाउन बाध्य हुने उनीहरूकाे सन्देशमा उल्लेख छ ।

प्रचण्ड शान्ति प्रक्रियामा आएदेखि नै सधै लाभको पद सहजै हासिल गर्दै आएका महराले अपनाएको शैलीका बारेमा बादल र यादवले समेत चाल्न सक्ने हैसितय राख्ने भन्दै प्रचण्डलाई घुर्क्याएका छन् । बादल र यादवले त अहिले माआेवादी पुर्नगठन गर्ने भन्दै लागेका गोपाल किरातीसंग समेत बाक्लो सम्पर्क विस्तार गरेको स्रोतको दावी छ ।

कुनैपनि बेला मन्त्री पद खोसिन सक्ने भन्दै उनीहरुले किरातीसँग समेत प्रचण्डका केही गोप्य कुराहरुबारे बुझ्न खोजेको किराती निकट स्रोतले जनाएको छ ।

प्रचण्ड कोहीसंग डराउने गरेका छन् भने त्यो महरा नै हुन् । पार्टीभित्र अरुले खासै केही गर्न सक्दैनन् भन्ने सोचेका प्रचण्डलाई बादल र यादव भारी सावित देखिएकाे  विश्लेषकहरूले बताउन थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार