कोलकत्ता । कोलकत्ताको दक्षिणी क्षेत्र डायमन्ड रोडमा पचास वर्ष पुरानो पुलको एक हिस्सा भत्केको छ । मंगलबार बेलुका पुल भत्कदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । दर्जनौँ गाडी गुडिरहेकै बेला पुल भाँचिएको थियो । पुल भाँचिदा दर्जनौ मानिस र सवारी र्गल्यामर्गुलुम खोलामा खसेका थिए । यसैले धेरै जनधनको क्षती भएको हुनसक्ने आँकलन गरिएको छ । मृतकका परिवारलाई बंगाल राज्य सरकारले पाँच लाख (भारतीय रुपैँया) दिने बताएको छ । त्यस्तैं घाइतेहरुलाई पचास हजार (भारतीय रुपैँया) दिने मुख्यमन्त्री ममता बर्नजिले बताएकी छिन ।

घटनालाई अत्ति दुःखत भएको भन्दैं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै दुःख व्यक्त गरेका छन । उनले घटनामा परि मृत्यु भएका आफन्तमा धैंर्यधारण गर्न सक्ने शक्ति मिलोस र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको लागि कामना गरेका छन । त्यस्तैं भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहाले पनि घटना निकैं दुःखत भएको भन्दैं यस दुःखमा सहयोग गर्न सबैंसँग अपिल गरेका छन । घटनामा मानविय र भौतिक दुवैं प्रकारको क्षति भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन ।







