ललितपुरमा १० वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बाडेगाउँस्थित सम्बन्ध विच्छेद भइसकेकी श्रीमतिपट्टिकी १० वर्षीया छोरीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसर ललितपुरका डीएपी नरेन्द्र चन्दले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । बाबुको नाम सार्वजनिक गर्दा पीडितको नाम खुल्ने भएकाले प्रहरीले कसैको नाम सावजनिक गरेको छैन । पीडितको स्वास्थ्य परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।

post middle
महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । प्रभागका प्रहरी निरीक्षक सञ्जिव खड्काले प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए ।

प्रहरी परिसर, ललितपुरका एक अधिकारीले पीडित बालिका १० वर्षीया भएको बताउँदै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण भइरहेको बताए । ‘हामी प्रारम्भिक अनुसन्धानमै छ, स्वास्थ्य परीक्षणपछि थप विषय खुल्नेछ’, ती अधिकारीले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार