सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले पाँच बर्षमा नेपाल समृद्ध बनाउने बताएका छन् । मकवानपुरको मनहरी–९, रजैयामा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका उनले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताए ।

अहिले जनता सरकारप्रति खुशी नरहेको उनको भनाइ छ । उनले काठमाडौंको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश भएको उनले बताएका छन् । अब यो वर्षायाम सकिनेबित्तिकै सडक राम्रोसँग बनाउने सरकारको तयारी रहेको उनले बताएका छन् । अब पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभएर यथार्थमा परिणत हुने बताएका प्रचण्डले चीन र भारतबाट रेल आउने निश्चित भएको जानकारी दिए ।

सरकारले काम थालेपछि जनताको निराशा पनि कम हुँदै जाने प्रचण्डले बताएका छन् । मकवानपुरको मनहरी–९, रजैयामा रहेको ओम वातावरण शुद्धिकरण अभियान अग्निहोत्र श्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले अबको ६ महिना भित्रमा सरकारले देखिनेगरी काम गर्ने दाबी समेत गरेका छन् ।osnepalबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार